२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले साउन ३१ गते थप गरेको म्याद आईतबार सकिएपछि पुन: म्याद थप मागेको थियो ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १८ जना हिरासतमा छन् ।

सीआईबीले उक्त जग्गा प्रकरणमा ४ सयभन्दा बढीको संलग्नता रहेको बताएको छ । पक्राउ पुर्जी जारी भईसकेका पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह टकलालाई भने फरारको सूचीमा राखिएको छ ।