२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै अनौठो सडक : ५ तले घरको छत गाँसिएर बनेको छ सडक !



अ+ अ-

एजेन्सी । घरको छतमा हामीले कपडा सुकाउने र घाम ताप्ने काम गरेको मात्र देखेका होलाउँ । हामीले सडकमा मात्र गाडिहरु गुडेको देखेका छौँ ।

छतमा ठूल-ठूला गाडी गुडेको देख्दा तपाईलाई कस्तो महशुस हुन्छ ? हामीले यो सबै काम छतमा भएको देखेका छैनौँ । तर चीनको चोंगक्विङ सहरको पाँचतले घर माथी देखिएको सडकको तस्विर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

५ तले घरमाथि गाडी नै गुड्ने यो सडक विश्वमा नै फरक शैलीको भएको भन्दै विश्वभर यसको चर्चा भएको हो । उक्त सडक एकदमै रोमाञ्चक र आर्कषक छ ।

सडकको तल्लो तलामा रहेका पसलहरु पनि आर्कषणको शिखरमा परेको चिनिया समाचार एजेन्सी सिन्ह्वाले बताएको छ । सिन्ह्वाका अनुसार यो सडक विश्वकै नमुना सडक मध्येको एक हो । प्रत्येक दिन उक्त सडकलाई हेर्नेको घुँईचो नै लाग्छ ।