२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ र थाइल्याण्ड एशिया यू–२० रग्बी सेभेन्समा च्याम्पियन



अ+ अ-

काठमाडौँ । हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् ।

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यू–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्पm सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै उपाधि जितेको हो । चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्याण्डले समान १६ अंक प्राप्त गरेको थियो । तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्याण्ड च्याम्पियन भयो ।

यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्याण्डले १९–१२ ले बदला लिन सफल भयो । लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएनन् र थाइल्याण्डले विजयी उत्सव मनायो । मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो । पुरुषतर्पm फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो । अन्तिम ३० सेकेण्ड बाँकी छँदा दुवै टोली १४–१४ अवस्थामा थिए ।

तर, हङकङले अन्तिम समयमा ट्राइ गर्दै जित दर्ता गर्न सफल भयो । शनिवार नै भएको पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार व्यहो¥यो । अन्तिम २० सेकेण्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार व्यहोरेको हो । प्रतियोगिताको विजेताद्वय हङकङ र थाइल्याण्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एशिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए । दुई दिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा भएको थियो । महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो ।