१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ र थाइल्याण्ड एशिया यू–२० रग्बी सेभेन्समा च्याम्पियन



अ+ अ-

काठमाडौँ । हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् ।

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यू–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्पm सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै उपाधि जितेको हो । चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्याण्डले समान १६ अंक प्राप्त गरेको थियो । तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्याण्ड च्याम्पियन भयो ।

यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्याण्डले १९–१२ ले बदला लिन सफल भयो । लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएनन् र थाइल्याण्डले विजयी उत्सव मनायो । मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो । पुरुषतर्पm फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो । अन्तिम ३० सेकेण्ड बाँकी छँदा दुवै टोली १४–१४ अवस्थामा थिए ।

तर, हङकङले अन्तिम समयमा ट्राइ गर्दै जित दर्ता गर्न सफल भयो । शनिवार नै भएको पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार व्यहो¥यो । अन्तिम २० सेकेण्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार व्यहोरेको हो । प्रतियोगिताको विजेताद्वय हङकङ र थाइल्याण्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एशिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए । दुई दिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा भएको थियो । महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो ।