• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै



एजेन्सी । फिफा महिला विश्वकप २०२३ को फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

स्पेन र इंग्ल्याण्डबीचको फाइनल खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे हुनेछ । दुबै टोली फाइनलमा जित निकाल्दै पहिलो पटक उपाधि जित्ने दाउमा छन् । महिला विश्वकपमा इंग्ल्याण्ड सन् २०१५ मा तेस्रो र २०१९ मा चौंथो भएको थियो ।

यता स्पेन भने सेमिफाइनलदेखि फाइनलसम्मको यात्रा पहिलो पटक रहेको छ । सेमिफाइनलमा स्पेनले स्वीडेनलाई तथा इंग्ल्याण्डले अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यसैबीच, शनिबार स्वीडेनले अष्ट्रेलियालाई २–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो । उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् ।