२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी लिगमा रोनाल्डोको अल नासरको लगातार दोस्रो हार



अ+ अ-

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले लगातार दोस्रो हार बेहोरेको छ ।

गएराति भएको खेलमा नासर अल ताओउनसँग २–० गोलले स्तब्ध बनेको हो । के एसयू फुटबल फिल्ड रियादमा भएको खेलमा ताओउनलाई दिलाउन लिन्द्रे तावाम्बा र अहमद बाहुसेनले १–१ गोल गरे ।

२० औँ मिनेटमा तावाम्बाले कर्नर किकमा हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमद बाहुसेनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ताओउनलाई सहज जित दिलाए ।

सिजनको आफ्नो पहिलो खेलमा अल इतिफाकसँग २–१ को हार बेहोरेको अल नासर अंकविहीन रहदै लिगको १५ औं स्थानमा छ । दुई खेलमा एक हार र एक जितसहित ४ अंक जोडेको ताओवुन तालिकाको चौथौँ स्थानमा छ ।