२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी लिगमा रोनाल्डोको अल नासरको लगातार दोस्रो हार



अ+ अ-

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले लगातार दोस्रो हार बेहोरेको छ ।

गएराति भएको खेलमा नासर अल ताओउनसँग २–० गोलले स्तब्ध बनेको हो । के एसयू फुटबल फिल्ड रियादमा भएको खेलमा ताओउनलाई दिलाउन लिन्द्रे तावाम्बा र अहमद बाहुसेनले १–१ गोल गरे ।

२० औँ मिनेटमा तावाम्बाले कर्नर किकमा हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमद बाहुसेनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ताओउनलाई सहज जित दिलाए ।

सिजनको आफ्नो पहिलो खेलमा अल इतिफाकसँग २–१ को हार बेहोरेको अल नासर अंकविहीन रहदै लिगको १५ औं स्थानमा छ । दुई खेलमा एक हार र एक जितसहित ४ अंक जोडेको ताओवुन तालिकाको चौथौँ स्थानमा छ ।