२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमद्वारा शेफिल्ड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमा फरेस्टले शेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ताइओ एओनीईले र ८९ औं मिनेटमा क्रिस वुडले गोल गरे ।

यता, ४८ औं मिनेटमा गुस्ताभो हामेरले गरेको गोल शेफिल्डका लागि सान्त्वना गोल बन्यो ।

२ खेलबाट १ जित निकाल्दै नटिङहम ३ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित शेफिल्ड अंकविहिन रहँदै १७ औं स्थानमा छ ।