२१ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैदानमा ढलेका फिफा सहायक रेफ्री चौधरीको निधन



अ+ अ-

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भएको छ । शुक्रबार विहान नियमित प्रशिक्षणका क्रममा ढलेका चौधरीको ह्रदयघातका कारण निधन भएको बुझिएको छ ।

अभ्यासका क्रममा मैदान मै ढलेका उनलाई आर्मीको स्वास्थ्य टोलीले सिपिआर दिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लागिएको थियो । अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृत घोषित गरेको दियो ।

हाल उनको शव छाउनीस्थित अस्पतालमा राखिएको छ । उनको परिवारजनको उपस्थितिपछि अन्तिम संस्कार कहाँ हुने निर्णय लिइने बुझिएको छ ।

सर्लाही घर भएका चौधरी पछिल्लो ३ वर्षयता फिफा रेफ्रीको रुपमा आबद्ध रहेका थिए । उनले २०६६ सालदेखि ए डिभिजन लिगमा रेफ्री गरेका थिए भने २०२१ देखि फिफा असिस्टेन्ट रेफ्री थिए ।