१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिनमा कुनै व्यक्तिले कतिपटक स्मार्टफोनको स्क्रिनमा हेर्छ, थाहा छ ?



अ+ अ-

काठमाडौं । २ सय भन्दा धेरै विद्यार्थीहरुमा गरेको अध्ययनबाट यसको जवाफ – एकजना युवाले एक दिनमा औषतमा ६० पटक आफ्नो फोन अनलक गर्दो रहेछ र करिब २२० मिनेटसम्म फोन अनलक रहँदो रहेछ । दिनमा ६० पटक फोन प्रयोग गर्दा साढे ३ घण्टासम्म स्क्रिनमा हेरिदो रहेछ । कतिपयले त एक दिनमा आफ्नो फोन १ सय पटकसम्म अनलक गर्ने गरेको पनि पाइएको छ ।

मोबाइल फोन चलाउने बानी :
न्युयोर्क विश्वविद्यालयकी प्राध्यापक नताशा शुल पनि आफूले आवश्यकता भन्दा धेरै फोनको प्रयोग गर्ने गरेको स्विकार गर्छिन् । उनी भन्छिन्, ‘कुनै महत्वपूर्ण बोर्ड बैठक वा आफ्नो विभागको बैठकका बेला मलाई यो महसुस हुन्छ कि मेरा सहकर्मीहरुको ध्यान म तिर हुन्छ तर म चाहीँ स्मार्टफोनको स्क्रिनमा औँला चलाउन तथा इमेल हेर्नबाट आफुलाई रोक्न सक्दिन ।’

आखिर कुनै चिजमा के त्यस्तो गुण हुन्छ जसमा मानिसहरुको लत बस्दछ ? नताशा यस विषयकी विज्ञ पनि हुन् । उनका अनुसार कुनैपनि व्यक्तिलाई आफूतर्फ आकर्षित गर्ने चिजहरु जस्तै सेक्स, आफूलाई मनपर्ने मानिस तथा मिठो खानेकुरा रहने गरेकोमा अहिले कम्प्युटर प्रविधि पनि थपिएको छ । यसले पनि हामीलाई आफूतर्फ आकर्षित गर्दछ र त्यसको लत लाग्दछ ।

कम्पनीहरुले जाल बुन्छन् :

कम्पनीहरुले रिवार्ड तथा फिचर्सका विषयमा फरक फरक प्रयोग गर्ने गर्दछन् । एपलाई लगातार प्रयोग गर्ने विषयमा फोनले विभिन्न तथ्यहरु उपलब्ध गराउँदछ । यसले मानिसहरुलाई ती एप चलाउने लत बस्दछ । एयाल भन्छन्, ‘मैले दिक्कपना हटाउनका लागि इमेल जस्ता प्रविधिको प्रयोग सुरु गरेँ । जब हामी एक्लोपन महसुस गर्दछौँ तब फेसबुक चेक गर्दछौँ ।

जब कुनै जानकारीलाई लिएर हामी पक्का हुँदैनौँ तब गुगल हेर्दछौँ । जब हामी दिक्क मान्छौँ तब मन बहलाउनका लागि युट्युब हेर्दछौँ । हामी आफ्नो आवश्यकता अनुसारका उत्पादनहरुको प्रयोग गर्दछौँ ।’

उनका अनुसार हामीलाई आफुमा झुण्डाइराख्नका लागि कम्पनीहरुले मनोवैज्ञानिक सिद्धान्त तथा प्रविधिको प्रयोग गर्दछन् । र, यहीँ कारणले हामी फोनबाट टाढा हुन सक्दैनौँ । हामी मानिसहरु जति धेरै मोबकाइल ग्याजेट्सहरु चलाउन पाउछौ तेती नै खुसि महसुस ठान्छौ।