२ आश्विन २०८१, बुधबार
,
Latest
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्पेसएक्स’ फ्लोरिडाको तटमा अवतरण



अ+ अ-

एजेन्सी । ‘स्पेसएक्स पोलारिस डन’ मिसनमा गएका दुई अन्तरिक्ष यात्रीले निजी अन्तरिक्ष यानबाट पृथ्वीको करिव ७०० किलोमिटर माथि अन्तरिक्षमा पाइला टेकेर (स्पेसवाक गरी) इतिहास रचेपछि फर्केको अन्तरिक्ष यान आइतबार बिहान फ्लोरिडाको सामुद्रिक तटमा अवतरण गरेको छ ।

ड्र्यागन अन्तरिक्ष यान स्थानीय समयअनुसार आइतबार बिहान ३ः३७ बजे समुद्रमा अवतरण भएको थियो । अवतरणपछि यान र चालक दलको उद्धारका लागि उद्धारकर्ताको टोली तैनाथ गरिएको थियो । यानलाई पानीबाट निकालेको आधा घण्टापछि उद्धारका लागि तैनाथ गरिएको जहाजमा राखी स्टेसनतर्फ लगिएको छ ।

चालक दलका सदस्य तथा स्पेसएक्सका इन्जिनियर अन्ना मेनन यानबाट सबैभन्दा पहिला निस्कनुभएको थियो भने त्यसपछि क्रमशः इन्जिनियर सारा गिलिस, चालक स्कट पोटेट र कमान्डर जारेड आइज्याकम्यान देखिनुभएको थियो ।

वित्तीय प्रविधि (फिनटेक)का अरबपति आइज्याकम्यानको नेतृत्वमा चार सदस्यीय टोलीले गत मङ्गलबार केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रा तय गर्नुभएको थियो । टोली नेता आइज्याकम्यानले ‘स्काइवाकर’ नामक संरचनामा टेकेर पृथ्वीको रोचक दृश्य हेर्दै ‘स्पेसवाक’ गर्नुभएको थियो । उहाँ केही मिनेटपछि फर्किनुभएपछि दोस्रो अन्तरिक्ष यात्री, स्पेसएक्स इन्जिनियर गिलिसले पनि ‘स्पेसवाक’ गर्नुभएको थियो ।

नासाका प्रमुख बिल नेल्सनले यो मिशनले व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो छलाङ’ भएको साथै स्पेसएक्सका लागि अर्को विजयी उपलब्धि भएको पनि बताउनुभयो ।

वित्तीय प्रविधि फिनटेकका अर्बपति आइज्याकम्यानको नेतृत्वमा गएको चार सदस्यीय टोलीले गत आधा शताब्दीमा खतरनाक भ्यान एलेन विकिरण क्षेत्रमा प्रवेश गर्दै ब्रह्माण्डको गहिराइमा यात्रा गरेको हो ।

अपोलो मिसनपछि पृथ्वीबाट मानवले यात्रा गरेको यो अहिलेसम्मकै सबैभन्दा टाढाकोे अन्तरिक्ष केन्द्रभन्दा तीन गुणा बढी अर्थात् ८७० माइल (१,४०० किलोमिटर)को उचाइमा पुगेको थियो ।