२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

‘स्पेसएक्स’ फ्लोरिडाको तटमा अवतरण

‘स्पेसएक्स’ फ्लोरिडाको तटमा अवतरण
अ अ+ अ-

एजेन्सी । ‘स्पेसएक्स पोलारिस डन’ मिसनमा गएका दुई अन्तरिक्ष यात्रीले निजी अन्तरिक्ष यानबाट पृथ्वीको करिव ७०० किलोमिटर माथि अन्तरिक्षमा पाइला टेकेर (स्पेसवाक गरी) इतिहास रचेपछि फर्केको अन्तरिक्ष यान आइतबार बिहान फ्लोरिडाको सामुद्रिक तटमा अवतरण गरेको छ ।

ड्र्यागन अन्तरिक्ष यान स्थानीय समयअनुसार आइतबार बिहान ३ः३७ बजे समुद्रमा अवतरण भएको थियो । अवतरणपछि यान र चालक दलको उद्धारका लागि उद्धारकर्ताको टोली तैनाथ गरिएको थियो । यानलाई पानीबाट निकालेको आधा घण्टापछि उद्धारका लागि तैनाथ गरिएको जहाजमा राखी स्टेसनतर्फ लगिएको छ ।

चालक दलका सदस्य तथा स्पेसएक्सका इन्जिनियर अन्ना मेनन यानबाट सबैभन्दा पहिला निस्कनुभएको थियो भने त्यसपछि क्रमशः इन्जिनियर सारा गिलिस, चालक स्कट पोटेट र कमान्डर जारेड आइज्याकम्यान देखिनुभएको थियो ।

वित्तीय प्रविधि (फिनटेक)का अरबपति आइज्याकम्यानको नेतृत्वमा चार सदस्यीय टोलीले गत मङ्गलबार केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रा तय गर्नुभएको थियो । टोली नेता आइज्याकम्यानले ‘स्काइवाकर’ नामक संरचनामा टेकेर पृथ्वीको रोचक दृश्य हेर्दै ‘स्पेसवाक’ गर्नुभएको थियो । उहाँ केही मिनेटपछि फर्किनुभएपछि दोस्रो अन्तरिक्ष यात्री, स्पेसएक्स इन्जिनियर गिलिसले पनि ‘स्पेसवाक’ गर्नुभएको थियो ।

नासाका प्रमुख बिल नेल्सनले यो मिशनले व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो छलाङ’ भएको साथै स्पेसएक्सका लागि अर्को विजयी उपलब्धि भएको पनि बताउनुभयो ।

वित्तीय प्रविधि फिनटेकका अर्बपति आइज्याकम्यानको नेतृत्वमा गएको चार सदस्यीय टोलीले गत आधा शताब्दीमा खतरनाक भ्यान एलेन विकिरण क्षेत्रमा प्रवेश गर्दै ब्रह्माण्डको गहिराइमा यात्रा गरेको हो ।

अपोलो मिसनपछि पृथ्वीबाट मानवले यात्रा गरेको यो अहिलेसम्मकै सबैभन्दा टाढाकोे अन्तरिक्ष केन्द्रभन्दा तीन गुणा बढी अर्थात् ८७० माइल (१,४०० किलोमिटर)को उचाइमा पुगेको थियो ।