• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

टिकटकको प्रतिबन्ध हटाउन निर्देशन



काठमाडौँ । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

सरकारको निर्णयलगत्तै मोफसलका साना शहरहरु र ग्रामीण भेगमा टिकटक चल्न थालिसकेको थियो ।

तर, काठमाडौं, पोखरा लगायतका मुख्य सहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध कायम थियो । अब भने सबैतिर टिकटक चल्न थालेको छ ।