• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं: कृषिमन्त्री भुसाल



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउनुभएको हो ।

उहाँले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताउनु भयो । यद्यपी सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताउनु भयो । उहाँले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाइएको जानकारी दिनुभयो । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ । उहाँले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताउनु भयो । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताउनु भयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएका छन् । त्यसमध्ये १० लाख ८२ हजार एक सय ५९ पशुहरु संक्रमणबाट मुक्त भएका छन् । ४७ हजार ६४९ पशुको मृत्यु भएको छ । एक लाख ७५ हजार ५५३ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । उपचारका लागि टोली खटाउनेदेखि तथ्याङ्कहरु लिने कामहरु गर्‍यौँ । यस्तै सचेतनाका लागि ब्रोसरहरु बनाएर वितरण गर्ने काम पनि गर्‍यौं । लम्पी स्किनबिरुद्ध भ्याक्सिन तान्जानीया, टर्की र जोर्डनबाट आयातको काम पनि गर्‍यौं । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोग लागेर पशुहरुको मृत्यु भयो । र, किसानहरुलाई ठूलो क्षति भयो । क्षति पूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाएका छौं । कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ । यो रोग बिरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउनुपर्छ भन्नेकुरा अगाडी बढाएका छौं ।’

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताउनु भयो ।