• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनकः राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनक रहेको बताएको छ ।

सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पर्ने गरी सामाजिक सद्भाव खल्बल्याउने नियतबाट उक्त घटना गरिएको भन्दै राप्रपाले दुःख व्यक्त गरेको बताउनु भएको छ ।

‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ ।’ विज्ञप्तीमा भनिएको छ ।

सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधि प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान रहेको बताउँदै सदियँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट रहेको समेत प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

यस्तै, राप्रपाले उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।