२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनकः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा विद्वेष पैदा गर्ने घटना आपत्तिजनक रहेको बताएको छ ।

सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पर्ने गरी सामाजिक सद्भाव खल्बल्याउने नियतबाट उक्त घटना गरिएको भन्दै राप्रपाले दुःख व्यक्त गरेको बताउनु भएको छ ।

‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ ।’ विज्ञप्तीमा भनिएको छ ।

सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधि प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान रहेको बताउँदै सदियँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट रहेको समेत प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

यस्तै, राप्रपाले उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।