२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा आयोजक अष्ट्रेलियालाई स्तब्ध पार्दै इंग्ल्याण्डले फाइनलमा स्थान बनाएको हो ।

सिड्नी ओलम्पिक स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बन्यो । इंग्ल्याण्डलाई जित दिलाउन खेलको ३६ औं मिनेटमा एला टुन, लरेन हेम्प र ८६ औं मिनेटमा एलेसिया रुसोले गोल गरिन् ।

यता, ६३ औं मिनेटमा साम केरले गरेको गोल अष्ट्रेलियाका लागि सान्त्वना गोल बन्न पुग्यो ।

इंग्ल्याण्डले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।