२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनलमा पुग्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्गत दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

फाइनलमा स्थान पक्का गर्न आयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार ३ः४५ बजे सुरु हुनेछ । सिड्नी ओलम्पिक स्टेडियममा घरेलु दर्शकको समर्थनको फाइदा उठाउँदै अष्ट्रेलिया फाइनलमा पुग्न चाहन्छ ।

यता, घरेलु मैदानमै अष्ट्रेलियालाई स्तब्ध पार्दै इंग्लाण्ड पनि तेस्रोपटक सेमिफाइनलमा स्थान बनाउने मनसायका साथ मैदानमा उत्रनेछ ।

क्वाटरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, अष्ट्रेलियाले फ्रान्सलाई पेनाल्टीमा ७–६ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग खेल्नेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो । यस्तै, आजको खेलको पराजित टोलीले स्वीडेनसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।