२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै ज्ञापनपत्र पेश गरिएको छ ।

गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

गोरखाका सांसद राजेन्द्र बजगाईं सहित गएका गोरखा नगरपालिका, गोरखाका प्रमुख राजनीतिक नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले०, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, ज्येष्ठ नागरिक जिल्ला संघ, गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र, लायन्स क्लव अफ गोरखा लगायतका संस्थाहरुले मंगलबार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

गोरखा नगरपालिका–७ की राममाया शाहीको घरमा भेटिएको र हाल जिल्ला प्रहरी कार्यालयमा सुरक्षित गरिएको ५२ दशलव ३३० किलोग्राम क्वार्ज क्रिस्टललाई खानी तथा भूगर्भ विभागले विभागमा बुझाउन सिफारिस गरेपछि नगरपालिकासहितका सामाजिक संघसंस्थाले गोरखाको धार्मिक तथा ऐतिहासिक सम्पत्ति बाहिर नलैजान माग गरेका हुन् ।

ज्ञापनपत्रमा नेपाल एकीकरणको क्रममा शक्ति आर्जनका लागि पुज्ने गरेको सो रत्नपत्थर गोरखामा लगेर सुरक्षित राख्न नुवाकोटको देवीघाटबाट जीवनको अन्तिम समयमा पृथ्वीनारायण शाहले बाघवीर शाही र गणेशमान शाहीको जिम्मामा पठाएको हुँदा यसलाई गोरखाबाट बाहिर लैजान नहुने बताइएको छ ।

गोरखाको ऐतिहासिक बिरासत बोकेको तथा दसौँ पुस्तादेखि पूजा गर्दै आएको सो धार्मिक रत्नलाई गोरखा दरबारमा सुरक्षित गरी राख्न पाउनु पर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

गोरखा नगरप्रमुख कृष्ण राना, उपप्रमुख मसलीमाया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, गुरु गोरक्षधाम शक्तिकेन्द्रका होमसिँह बस्नेत, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले मंगलबार संयुक्तरुपमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसमक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री र गृहमन्त्रीले त्यसका लागि सकारात्मक प्रतिक्रिया दिएका भगवानबाबु मास्केले जानकारी दिए ।