५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै ज्ञापनपत्र पेश गरिएको छ ।

गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

गोरखाका सांसद राजेन्द्र बजगाईं सहित गएका गोरखा नगरपालिका, गोरखाका प्रमुख राजनीतिक नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले०, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, ज्येष्ठ नागरिक जिल्ला संघ, गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र, लायन्स क्लव अफ गोरखा लगायतका संस्थाहरुले मंगलबार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

गोरखा नगरपालिका–७ की राममाया शाहीको घरमा भेटिएको र हाल जिल्ला प्रहरी कार्यालयमा सुरक्षित गरिएको ५२ दशलव ३३० किलोग्राम क्वार्ज क्रिस्टललाई खानी तथा भूगर्भ विभागले विभागमा बुझाउन सिफारिस गरेपछि नगरपालिकासहितका सामाजिक संघसंस्थाले गोरखाको धार्मिक तथा ऐतिहासिक सम्पत्ति बाहिर नलैजान माग गरेका हुन् ।

ज्ञापनपत्रमा नेपाल एकीकरणको क्रममा शक्ति आर्जनका लागि पुज्ने गरेको सो रत्नपत्थर गोरखामा लगेर सुरक्षित राख्न नुवाकोटको देवीघाटबाट जीवनको अन्तिम समयमा पृथ्वीनारायण शाहले बाघवीर शाही र गणेशमान शाहीको जिम्मामा पठाएको हुँदा यसलाई गोरखाबाट बाहिर लैजान नहुने बताइएको छ ।

गोरखाको ऐतिहासिक बिरासत बोकेको तथा दसौँ पुस्तादेखि पूजा गर्दै आएको सो धार्मिक रत्नलाई गोरखा दरबारमा सुरक्षित गरी राख्न पाउनु पर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

गोरखा नगरप्रमुख कृष्ण राना, उपप्रमुख मसलीमाया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, गुरु गोरक्षधाम शक्तिकेन्द्रका होमसिँह बस्नेत, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले मंगलबार संयुक्तरुपमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसमक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री र गृहमन्त्रीले त्यसका लागि सकारात्मक प्रतिक्रिया दिएका भगवानबाबु मास्केले जानकारी दिए ।




भर्खरै