२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन र इन्भेष्टमेण्ट बैक मर्जर हुँदै, दुई बैंकबाट ३र३ जना सञ्चालक मनोनित गर्ने



अ+ अ-

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच बिहीबार (आज) दिउँसो ३ बजे मर्जरका लागि एमओयूमा हस्ताक्षर हुने भएको छ । काठमाडौंको ठमलेस्थीत अलोफ्ट होटेलमा नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने भएको हो ।

बिहीबार विहानै एमओयूमा हस्ताक्षेर हुने भने पनि साताको अन्तिम दिनको सेयर कारोबार प्रभावित हुने भन्दै ३ बजेपछिका लागि कार्यक्रम तय गरिएको बैंक स्रोतले बताएको छ । आइतवारबाट भने यी दुई बैंकको दोस्रो बजारमा सेयर कारोबार बन्द हुनेछ ।

उक्त बैंकको मर्जरपछि ३-३ जना सञ्चालक राख्ने र थप १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने सहमति भएको जनाएको छ । दुई बैंक एक भएपछि सञ्चालक समिति अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा रहने छन् । इन्भेष्टमेण्टका सीईओ ज्योतिप्रकाश पाण्डे भने मर्जरपछि डेपुटी सीईओको भूमिकामा रहने छन् ।

यी दुई बैंकले ढिलोमा पनि आगामी असोजअघि नै एकीकृत कारोबार थाल्नेगरी समझदारी बनेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकको मर्जर हुँदा नेपाल इन्भेष्टमेण्टका लगानीकर्तालाई फाइदा हुने देखिएको छ । डीडीएका इन्भेष्टमेण्ट बैंकको सम्पत्ती हिमालयनको तुलनामा कम देखिएको सम्बद्ध स्रोतको दाबी छ । इन्भेष्टमेण्टको पूँजी बढी भएका कारण प्रतिसेयर सम्पत्ती कमी देखिएको हो । 

प्रतिकित्ता सम्पत्तीको मूल्यांकन कति आएको छ भन्ने प्रस्ट नपारिएको भए पनि करीब ५ प्रतिशतको अन्तर देखिएको स्रोतको दाबी छ । यद्यपी, दुबै बैंक समान हैसियत (सेयर स्वाप १/१ को अनुपात) मा मर्जरमा जाने सहमति जुटेको छ ।