९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइनेछ ।

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।