१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी स्वतन्त्रता दिवस: राजदूतावासमा झण्डोत्तोलन



अ+ अ-

काठमाडौँ । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा आज नेपालस्थित पाकिस्तानी राजदूतावासमा झण्डा फहराइएको छ ।

कार्यवाहक उमेर अलीले राष्ट्रिय झण्डा फहराउनुभएको थियो । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारी र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा कावा राजदूत अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्ने संकल्प लिएको स्मरण गर्नुभयो । उहाँले हाम्रा पुर्खाहरूले परिकल्पना गरेको मातृभूमि पाकिस्तानलाई बनाउने प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।