६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसंचार रोयल्टी बुझाउन कम्पनीहरुको आलटाल, प्राधिकरणले निकाल्यो सूची



अ+ अ-

काठमाडौं: दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले ४७ वटा दूरसंचार सेवा प्रदायकहरुले रोयल्टी र ग्रामीण दूरसंचार कोष रकम नबुझाएको भन्दै तत्काल रकम जम्मा गर्न सूचना प्रकाशन गरेको छ ।

दूरसंचार ऐन, २०५३ बमोजिम कम्पनीहरुले आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामीण दूरसंचार विकास कोष बापतको रकम प्राधिकरणलाई बुझाउनु पर्दछ ।

तर कम्पनीहरुले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणका साथै यस्तो रोयल्टी रकम जम्मा नगरेको प्राधिकरणको भनाई छ ।

रोयल्टी रकम र वित्तीय विवरण नबुझाउने कम्पनीहरुमा सुविसु केबलनेट, ब्रोड ब्यान्ड नेपाल, ब्रोड लिन्क नेटवर्क, क्लासिक टेक, क्लिन नेटवर्क, हिमालयन अनलाइन सर्भिसेज, इनोभेटिभ कम्युनिकेसन सिस्टम, आइटेल नेटवर्क, म्याक्स नेट सोलुसन्स, मेगा केबलनेट, नेपाल एयर लिंक, नेट म्याक्स टेक्नोलोजिज, वाइफाई एचडी समेत रहेका छन् ।

प्राधिकरणले पटक पटक ताकेता गर्दा समेत शुल्क बुझाउन कम्पनीहरु नआएको जनाउँदै यही साउन मसान्तभित्र शुल्क नबुझाए नियमानुसार हदैसम्मको कारबाही गरिने पनि जनाएको छ ।