१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरी लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका १९ वर्षीय निराजन कुमार मुखिया रहेका छन् ।

शुक्रबार फर्पिङ चेकपोष्टस्थित विभिन्न सवारी साधनहरु तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले रौतहटबाट काठमाडौँ आउँदै गरेका मुखियाले कालो रङको पछाडी बोक्ने झोलाभित्र लुकाई छिपाई अवस्थामा लागू औषध ल्याएको पाएको थियो ।

डाईजेपाम २८७, फेनारगन थान २६० र नुर्फिन २८८ गरी उनीबाट जम्मा ८३५ थान लागुऔषध बरामद गरिएको थियो ।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट ७ दिनत म्याद थप अनुमति लिई प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।