• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

लागुऔषधसहित एक जना पक्राउ



काठमाडौँ । प्रहरी लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका १९ वर्षीय निराजन कुमार मुखिया रहेका छन् ।

शुक्रबार फर्पिङ चेकपोष्टस्थित विभिन्न सवारी साधनहरु तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले रौतहटबाट काठमाडौँ आउँदै गरेका मुखियाले कालो रङको पछाडी बोक्ने झोलाभित्र लुकाई छिपाई अवस्थामा लागू औषध ल्याएको पाएको थियो ।

डाईजेपाम २८७, फेनारगन थान २६० र नुर्फिन २८८ गरी उनीबाट जम्मा ८३५ थान लागुऔषध बरामद गरिएको थियो ।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट ७ दिनत म्याद थप अनुमति लिई प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।