• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

यो सरकार ढालेर अर्को बनाउनेबारे छलफल गरेको होइनौं– रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार ढाल्नेबारे छलफल गर्न बैठक बसेको नभएको प्रष्ट पारेका छन् ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लेखकले यो सरकार ढालेर अर्को बनाउने भन्नेबारे नभएको प्रष्ट पारेका हुन् ।

उनले सबै सांसदहरुले आआफ्नो धारणा राखिरहेको र भोली महत्वपूर्ण प्रस्ताव पारित गरिने बताए । उनले भने, ‘अहिलेसम्म ५० जनाले बोल्नुभएको छ । अब भोलि ११ बजे बैठक बस्छ । सबैको धारणलाई समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं ।’