३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा बढ्यो आम्दानी



अ+ अ-

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको आम्दानीभन्दा ६३ करोड ६८ लाखले बढी हो ।

टेलिकमको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद नाफा पनि बढेको जनाइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ७७ करोड १६ लाख रहेकोमा तेस्रो त्रैमासिकमा खुद नाफा २ अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको हो । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद मुनाफा ८२ करोड ३४ लाख ५२ हजार बढेको हो । 

टेलिकमले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म गरेको कुल सेवाबापतको आयभन्दा यसपटकको सेवाबापतको आय करिब साढे दुई प्रतिशतले बढेको छ । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले सेवाबाट मात्रै २६ अर्ब ८३ करोड ६६ लाख आम्दानी गरेको थियो । यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सेवातर्फबाट २७ अर्ब ४५ करोड १३ लाख आम्दानी गरेको टेलिकमले जनाएको छ ।

सेवातर्फको आय र मुनाफा बढे पनि कुल आम्दानीमा भने यो वर्ष कमी आएको टेलिकमले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमले ३२ अर्ब २७ करोड २३ लाख आम्दानी गरेको थियो । तर यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख मात्रै छ । खुद मुनाफामा पनि गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । तर यो वर्ष तेस्रो त्रैमासिकसम्म ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा कम भएकाले ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफामा कमी आएको टेलिकमको भनाई छ ।