२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक बाहिरिदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ ।

केही दिन आरामका लागि चितवन पुग्नु भएका प्रधानमन्त्री दाहाल आज फर्किएपछि मन्त्रिपरिषद् पुन गठन गर्न लाग्नु भएको जनाईएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि पुन गठन गर्न लाग्नु भएको हो । पुन: गठनका लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन तयारी गर्नुभएको जनाईएको छ ।

माओवादी स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी प्रधानमन्त्री दाहालले तयारी गर्नुभएको जनाईएको छ ।

जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिश गरिसकेको छ । जनमतले अनितादेवीलाई मन्त्री बनाउने भएको हो ।