२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती



अ+ अ-

गण्डकी । कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण वर्षेनी परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुुई गीति एल्बम सार्वजनिक गर्नुभएको छ ।

“कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।
कति दुःख गरियो याद ताजै छन् ।।”

गीतबाट सुरु उहाँको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई वर्षेनी परनिर्भरतातर्फ डो¥याएको उल्लेख गरिएको छ ।

परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा
“हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।
म्युयिममा राख्नुपर्ने बेला आइसके ।।” भनिएको छ ।

रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,
“बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।
अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।
मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।
गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।

किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले
“किसानले खेती गर्दा मल बीउ नपाउने ।
सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भन्नुुभएको छ ।

वाग्लेले कोही कसैलाई दोश मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिनुुभएको छ । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उहाँका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।

गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याउनुुभएको छ ।
“गारो हुने मनका पीडा परेलीमा लुकाउन ।
फेरि पनि आयो तीज मन दुःखाउन ।।”

उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।

गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गर्नुुभएको छ भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूूर्तेलले गर्नुुभएको हो । छायाङ्कनमा नेवा खलः कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् ।

पहिलोपटक विसं २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गर्नुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुुई, शहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुभएको छ । रासस