१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । जापानलाई स्तब्ध पार्दै स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दिउँसो भएको क्वाटरफाइनलको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै स्वीडेनले अन्तिम चारको यात्रा तय गरेको हो ।

न्यूजिल्याण्डको इडेन पार्क मैदानमा खेलको ३२ औं मिनेटमा अमान्डा इलेस्टेड्टले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाइन् ।

५१ औं मिनेटमा फिलिप्पा एंगेलडालले पेनाल्टीमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यता, ८७ औं मिनेटमा होनोका हायाशीले गोल गरेपनि जापानका लागि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

यसैबीच आजै भएको अर्को खेलमा स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । अब सेमिफाइनलमा स्पेन र स्वीडेनबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।