२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्राकृतिक विपद्मा परेका बेला अहिले भइरहेका परीक्षाहरु हालका लागि थोरै समयका लागि भएपनि स्थगन गर्ने निर्णय गरिएको नेपाल सरकार प्रवक्ता समेत रहनुभएका एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भईरहेका परीक्षाहरु हालका लागि स्थगन गर्ने निर्णय भएको छ । त्यो थोरै समयको लागि हो ।’

बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले हाल संचालनमा रहेका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।