२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले दसैैँअघि नै काठमाडौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप अनिश्चित भएको छ ।

समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठूलो क्षति भएको नदेखिएको राससलाई जानकारी दिनुभयो ।

समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले सुनाउनुभयो । “मेलम्ची नदीमा भने धेरै बाढी गएको छ । त्यसको प्रभाव सुरुङभित्र कति पर्‍यो भनी प्राविधिक अध्ययन हुन बाँकी छ । यो अध्ययन सकेपछि मात्र राजधानीमा मेलम्चीको पानी आउने दिन निश्चित गर्नेर्छौं”, उहाँले भन्नुभयो ।

मेलम्ची नदीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउने र त्यसपछि राजधानीवासीले राहत पाउने विश्वास गरिएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।