१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग आजबाट सुरु हुँदै, च्याम्पियन सिटी र नवप्रवेशी बर्नले भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयानुसार मध्यरातमा गत सिजनको विजेता म्यान्चेस्टर सिटी र यो सिजन प्रिमियर लिगमा स्थान बनाएको बर्नलेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान टर्फ मुर स्टेडियममा सिटीलाई रोक्न बर्नलेका लागि चुनौति हुनेछ । च्याम्पियनसिपमा पहिलो स्थान रहँदै प्रिमियर लिगमा स्थान बनाएको बर्नले पनि सिटीलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

रोचक कुरा के रहेको छ भने सिटीका प्रशिक्षक पेप गार्डिवाला र बर्नलेका प्रशिक्षक भिन्सेन्ट कोम्पनी आमनेसामने हुँदैछन् ।

कोम्पनी पेपकै प्रशिक्षणमा रहँदा सिटीका कप्तान समेत थिए । तसर्थ पुनः दुईजनाको भेट हुँदैछ तर प्रतिद्वन्द्वी प्रशिक्षकको रुपमा । कोम्पनीले सिटीबाट ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग्स कपको उपाधि जितेका छन् ।