• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका समकक्षीबीच भेटवार्ता ★   बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै ★   नेपाली क्रिकेटले खुलाएको देशभक्तिको भाव र जोडिएको भावना ★   भारत टी–२० विश्वकपको सुपर ८ मा प्रवेश, १११ रनको लक्ष्य १८.२ ओभरमा पछ्यायो ★   गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ★   दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने ★   “डिजिटल रूपान्तरणलाई अँगाल्दै” आइएमई २४ औ वर्षमा प्रवेश ★   ‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’ ★   काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार ★   मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

प्रिमियर लिग आजबाट सुरु हुँदै, च्याम्पियन सिटी र नवप्रवेशी बर्नले भिड्दै



एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयानुसार मध्यरातमा गत सिजनको विजेता म्यान्चेस्टर सिटी र यो सिजन प्रिमियर लिगमा स्थान बनाएको बर्नलेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान टर्फ मुर स्टेडियममा सिटीलाई रोक्न बर्नलेका लागि चुनौति हुनेछ । च्याम्पियनसिपमा पहिलो स्थान रहँदै प्रिमियर लिगमा स्थान बनाएको बर्नले पनि सिटीलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

रोचक कुरा के रहेको छ भने सिटीका प्रशिक्षक पेप गार्डिवाला र बर्नलेका प्रशिक्षक भिन्सेन्ट कोम्पनी आमनेसामने हुँदैछन् ।

कोम्पनी पेपकै प्रशिक्षणमा रहँदा सिटीका कप्तान समेत थिए । तसर्थ पुनः दुईजनाको भेट हुँदैछ तर प्रतिद्वन्द्वी प्रशिक्षकको रुपमा । कोम्पनीले सिटीबाट ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग्स कपको उपाधि जितेका छन् ।