२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो ऋणका कारण बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा



अ+ अ-

एजेन्सी । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायहरूलाई असर पुर्याएको बताएका छन् ।

उक्त समूह करिब ४०० स्टोरहरूबाट सञ्चालित साथै अन्य साना घरेलू सामानहरूको अतिरिक्त सरसफाई र बगैंचासम्बन्धी उत्पादनहरूको अनलाइन बिक्री गर्दैआएको विल्कोले आफू कठिन मोडमा पुगेको जनाउँदै आफुलाई नयाँ प्रशासनको जिम्मा लगाएको हो ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले आफ्नो वेबसाइटमा एक खुला पत्रमा भनेका छन्, “हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा सङ्घर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।”

उनले प्रसङ्गलाई जोड्दै भने, “अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नको लागी सबैभन्दा राम्रो गर्नु पर्दछ ।”

विल्कोले सन् १९३० मा स्थापना भएको सङ्कटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कूपर्सलाई नियुक्त गरेको थियो । प्राइस वाटर हाउस कुपर्स लण्डनमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो ।