• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मन्त्रीको १०० दिन: सेतो कोट दिवसमा सम्बन्धित पोशाकमा हाजिर हुन वीरको उर्दी



फाईल फोटो

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको छ ।

मन्त्री बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ ।

वीर अस्पतालले उक्त कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोसाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरेको छ ।