२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तको ‘जेलर’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर’ आजबाट प्रदर्शनमा आएको छ । भारतलगायत विश्वव्यापी रुपमा रिलिज भएको साउथ ईन्डिन फिल्म ‘जेलर’ नेपालमा पनि बिहीबारबाटै प्रदर्शनमा आएको छ ।

यस फिल्मको अवसरमा चेन्नई र बैंगलोरका अधिकांश कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई बिदा समेत दिएको छ । यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई टिकट समेत निस्शुल्क दिएका छन् ।

दक्षिण भारतमा रजनीकान्तको यतिसम्म क्रेज छ कि फ्यानहरु थलाइवाका फिल्म ‘फस्ट दिन फस्ट शो’ हेर्न चाहन्छन् ।

रजनीकान्तले २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गरेका हुन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिएका छन् । ट्रेलरले रजनीकान्तलाई पहिले कहिल्यै नदेखेको अवतारमा देखाइएको छ र एक्शन-प्याक र सस्पेन्सफुल कथालाई संकेत गरेको छ।

थलाइवाको एक्सन प्याक ‘जेलर’लाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् । फिल्ममा मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया र शिवराज कुमारको पनि भूमिका रहेको छ ।

भोलि शुक्रबार पनि बलिउडका दुई ठूला फिल्म ‘गदर २’ र ‘ओ माइ गड २’ रिलिज हुँदैछन् ।