२४ श्रावण २०८३, आईतवार
,
Latest
उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।

सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गर्नुभएकामा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिनुभएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ । रासस