२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।

सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गर्नुभएकामा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिनुभएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ । रासस