• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

मदन पुरस्कारका लागि छानिए पाँच कृति



मदन पुरस्कारका लागि छानिएका पाँच कृति ।

काठमाडौं: २०७९ सालको मदन पुरस्कारका लागि प्राप्त भएका ३१३ कृतिमध्ये पाँच वटा कृति अन्तिम सूचीमा परेका छन् ।

मदन पुरस्कार गुठीका अनुसार छनौटमा परेका कृतिहरुमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

उक्त कृतिमध्ये श्रेष्ठ सूचीमा समावेश पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।

यसअघि, २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले प्राप्त गरेको थियो ।

मदन पुरस्कार

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दश–दश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था भयो। २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।