२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कारका लागि छानिए पाँच कृति



मदन पुरस्कारका लागि छानिएका पाँच कृति ।
अ+ अ-

काठमाडौं: २०७९ सालको मदन पुरस्कारका लागि प्राप्त भएका ३१३ कृतिमध्ये पाँच वटा कृति अन्तिम सूचीमा परेका छन् ।

मदन पुरस्कार गुठीका अनुसार छनौटमा परेका कृतिहरुमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

उक्त कृतिमध्ये श्रेष्ठ सूचीमा समावेश पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।

यसअघि, २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले प्राप्त गरेको थियो ।

मदन पुरस्कार

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दश–दश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था भयो। २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।




भर्खरै