९ श्रावण २०८३, शनिबार
,
Latest
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान



अ+ अ-

काठमाडौं । छोटो समयमै राम्रो सफलता, अनुभव र अवसर हासिल गरेका युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक गुरुङ मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।

केही महिना पहिले मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा नियुक्त भएका गुरुङले त्यसअघि संकटा क्लबको मुख्य प्रशिक्षक, राष्ट्रिय टोलीको सहायक प्रशिक्षक, एफसी खुमलटारको प्राविधिक निर्देशक जस्ता भूमिकामा रहि काम गरेका थिए ।

घरेलु फुटबलमा खेलाडीका रुपमा पनि राम्रो पहिचान बनाएका गुरुङ सिड्निको क्लव फेवा एफसीमा आवद्ध हुने बताइएको छ । साथै निकट स्रोतका अनुसार उनले त्यहाँ प्रो लाइसेन्स कोर्ष गर्ने पनि बताइएको छ ।