११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबानमा भक्तपुर -फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले भक्तपुर पनि डुबानमा परेको छ ।

सोमबार रातिदेखिको निरन्तरको वर्षापछि आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हुनमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताललगायत डुबानमा परेका छन् । डुबानमा परेको छ । सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।‍ हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले काठमाडौँका नदी क्षेत्रका आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

फोटो- विकास प्रजापतीकाे फेसबुकबाट