२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान
अ अ+ अ-

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजश्व अनुसन्धान गर्दै जाँदा यो सँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताउनु भयो ।

उहाँले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको बताउनु भयो । उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताउनु भयो । उहाँले पक्राउ परेका सबै आरोपित,तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको बताउनु भयो । महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताउनु भयो।

उहाँले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली , २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताउनु भयो । उहाँले अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरु अनुसन्धानकै क्रममा रहेको बताउनु भयो। उहाँले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेको बताउनु भयो। उहाँले अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान साउन २ गते नियन्त्रणमा लिएपछि विभिन्न कानूनी प्रक्रियागत रुपमा अगाडि बढ्दा ३ गते सुनको परिक्षण पश्चात् सुन हो भन्ने एकिन भएपछि अनुसन्धान सुरु गरेका थियौं । अनुसन्धानको क्रममा विभिन्न चरणमा अनुसन्धान गरौं । अनुसन्धानमा विभिन्न तथ्यहरु भेटेका छौं । ती तथ्यहरु अनुसन्धानकै क्रममा छन् । अनुसन्धान गहन रुपमा गरिरहेका छौं । अनुसन्धानको क्रममा १८ जनालाई हिरासतमा राखी नियन्त्रण गरेकोमा एक जनालाई हामीले हाजिर जवानीमा छाडेका छौं । जसमा १४ जना नेपाली नागरिक,एक जना चिनीया , एक जना भारतीय र एक जना चीनीया मुलको नागरिक हाम्रो हिरासतमा छन् । सुन तस्किरीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेका छौं । अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको देख्यौं । यसरी अध्ययन गर्दै जाँदा यो एउटा देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने तथ्य देखियो । यसको सुरुवात हङकङक बाट उड्ने क्याथिप्यासिफिक हुँदै नेपाल आएको र यसको सम्भावित डेस्टिनेशनको बारेमा अनुसन्धान गर्दै गरेको कारणले भुगोलको हिसावले यो अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने राजश्व अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखियो । संगठित रुपमा सुनको व्यापार गर्ने देखियो । यसकारणले गर्दा नेपालको कानून अनुसार यो प्रकरणमा संगठित कानून आकर्षित हुन्छ । त्यसका धेरै अवहेव र कम्पनेन्टहरुलाई अनुसन्धानको क्रममा फेला पारौं । त्यसै तथ्यमा आधारित रहेर हामीले योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धान बसेर गहन रुपमा छलफल गरौं । यो विषय वृहतर विषय भएको र यसको अध्ययन अनुसन्धानमा नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यर्थाथ पुरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने महशुस गरौं । तीनवटा निकायहरु बसेर संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य,हिरासतमा लिएका व्यक्तिहरु,अहिलेसम्म बरामत भएका सपुत र प्रमाणहरु समेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौं ।’

उहाँले संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताउनु भयो। उहाँले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताउनु भयो।