४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारितामा शुद्धीकरणको आवश्यक : प्रेस काउन्सिल अध्यक्ष बस्नेत



photo:rss
अ+ अ-

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन्।

संघीय संसद सचिवालयले युट्युब पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरेलगत्तै पत्रकारको नियामक निकाय काउन्सिलका अध्यक्षको धारणा सार्वजनिक भएको हो । “पत्रकार पत्रकार मात्र भइरहे र पत्रकारले पत्रकारिता बाहेक अरू सबै काम गर्ने अहिलेको कतिपय प्रवृत्तिको अन्त हुन सके, हिजोआज देखिएका समस्या आफैं हल हुन्छन्,” अध्यक्ष बस्नेतको भनाइ छ ।

संसद सचिवालयले पत्रकारिताको मर्यादा र आचारसंहिताको पालना गराउन संसद प्रवेश पास निलम्बन गरेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूसँग संवादका क्रममा अमर्यादित शब्द प्रयोग गरेको भन्दै महासचिव स्तरीय निर्णयबाट प्रवेश पास निलम्बन गरिएको हो।

संसद सचिवालयले पत्रकारलाई संसदभित्र रिपोर्टिङका लागि पास उपलब्ध गराउँदै आएको छ। यस घटनाले पत्रकारिताको मर्यादा, स्वतन्त्रता र दायित्वबारे नयाँ बहस सुरु गरेको छ। युट्युब पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बनका विषयमा पत्रकारहरूको मिश्रित धारणा आइरहेको छ ।