२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा चक्रपथ सडकको पूर्व उपप्रधानमन्त्री महासेठद्वारा शिलान्यास



अ+ अ-

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलान्यास गर्नुभएको छ ।

आज जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा आयोजित एक कार्यक्रमकाबीच महासेठले शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्षमा उक्त सडकको सुरूवात कामका लागि भ्याटसहित रू ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रूपैयाँमा ठेक्का सम्झौता भएर निर्माण कम्पनीद्वारा काम सुरू भएको सडक डिभिजन कार्यालय जनकपुरधामका कार्यालय प्रमुख दुर्गाप्रसादले बताउनुभयो । उहाँका अनुसार रू एक अर्ब २५ करोडको लागतमा निर्माण हुने जनकपुरधामको बाह्य चक्रपथको कूल लम्बाइ ३२ किलोमिटर हुनेछ ।

एमाले नेता महासेठले चालु आर्थिक वर्षमा थोरै बजेट भए पनि अगामी आर्थिक वर्षदेखि बहुवर्षे ठेक्काअन्तर्गत राम्रो बजेटको विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतोले जनकपुरधामको बाह्य चक्रपथको डिपिआर तयार पार्ने काम २०७६ सालमा नै भएको बताउनुभयो ।

यस वर्ष लोहना–रामपुर जोड्ने २ दशमलव २ किलोमिटर कालोपत्र र कपिलेश्वर महुवा जोड्ने १ दशमलव ५ किलोमिटरमा ग्राभेल गर्ने कार्यक्रम रहेको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ ।

बत्तीस किलोमिटर लामो यो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपूरा रूपैठा, बसहीया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मीनिया, ठेरा, बेङ्गा शिवपुरजस्ता क्षेत्रलाई आपसमा जोड्नेछ । स्थानीय बासिन्दाले यो चक्रपथ सडक नगरको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा सङ्घीय सांसद एवं पूर्वमन्त्री जुली महतो, पूर्वमन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो । रासस