८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

जनकपुरमा चक्रपथ सडकको पूर्व उपप्रधानमन्त्री महासेठद्वारा शिलान्यास

जनकपुरमा चक्रपथ सडकको पूर्व उपप्रधानमन्त्री महासेठद्वारा शिलान्यास
अ+ अ-

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलान्यास गर्नुभएको छ ।

आज जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा आयोजित एक कार्यक्रमकाबीच महासेठले शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्षमा उक्त सडकको सुरूवात कामका लागि भ्याटसहित रू ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रूपैयाँमा ठेक्का सम्झौता भएर निर्माण कम्पनीद्वारा काम सुरू भएको सडक डिभिजन कार्यालय जनकपुरधामका कार्यालय प्रमुख दुर्गाप्रसादले बताउनुभयो । उहाँका अनुसार रू एक अर्ब २५ करोडको लागतमा निर्माण हुने जनकपुरधामको बाह्य चक्रपथको कूल लम्बाइ ३२ किलोमिटर हुनेछ ।

एमाले नेता महासेठले चालु आर्थिक वर्षमा थोरै बजेट भए पनि अगामी आर्थिक वर्षदेखि बहुवर्षे ठेक्काअन्तर्गत राम्रो बजेटको विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतोले जनकपुरधामको बाह्य चक्रपथको डिपिआर तयार पार्ने काम २०७६ सालमा नै भएको बताउनुभयो ।

यस वर्ष लोहना–रामपुर जोड्ने २ दशमलव २ किलोमिटर कालोपत्र र कपिलेश्वर महुवा जोड्ने १ दशमलव ५ किलोमिटरमा ग्राभेल गर्ने कार्यक्रम रहेको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ ।

बत्तीस किलोमिटर लामो यो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपूरा रूपैठा, बसहीया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मीनिया, ठेरा, बेङ्गा शिवपुरजस्ता क्षेत्रलाई आपसमा जोड्नेछ । स्थानीय बासिन्दाले यो चक्रपथ सडक नगरको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा सङ्घीय सांसद एवं पूर्वमन्त्री जुली महतो, पूर्वमन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो । रासस