२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफिको फाइनलमा



अ+ अ-

काठमाडौं । न्युजिल्यान्ड च्याम्पियन्स ट्रफिको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल अन्तरगत भर्खरै सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रनमात्रै बनाउन सक्यो ।

उसका लागि डेभिड मिलरले शतकीय पारी खेलेपनि टोलिको हार टार्न सकेनन् । उनले अविजित १०० रन जोडे ।

यस्तै, रस्सी भान डर डुसेनले ६९, टेम्भा बभुमाले ५६ तथा एडियन मार्करमले ३१ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनरले तीन, म्याट हेनरी र ग्लेन फिलिप्सले दुई-दुई तथा रचिन रविन्द्र र माइकल ब्रासवेलले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रनको विशाल योगफल तयार गर्‍यो ।

उसका लागि केन विलियम्सन र रचिन रविन्द्रले शतक प्रहार गरे । रविन्द्रले १०८ तथा विलियम्सनले १०२ रन जोडे । यस्तै, डेरिल मिचेल र ग्लेन फिलिप्सले ४९-४९ रनको योगदान दिए ।

वलिङतर्फ अफ्रिकाका लुङ्गी एन्जीडीले तीन तथा कागीसो रबाडाले दुई तथा विआन मुल्डरले एक विकेट लिए ।

अब न्युजिल्यान्डले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।