२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा पाण्डेको ‘भूइँमान्छे’ विमोचन



अ+ अ-

झापा। साहित्यकार डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ नामक कृतिको आज सुखानी सहिद स्मृति पार्कमा विमोचन भएको छ ।

लेखक डा पाण्डेले विसं २०२८ को झापा विद्रोहदेखि २०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित पुस्तक भएको बताउनुभयो ।

उहाँले पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पु¥याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताउनुभयो ।  कृतिको ५२औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उहाँले बताउनुभयो । कृतिको विमोचन तत्कालीन नेकपा मालेका आश्रयदाता टेकबहादुर राई र भक्तबहादुर आलेले गर्नुभएको थियो ।

साङ्ग्रीला प्रकाशन प्रालिको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा झापा विद्रोहका योद्धा नरेश खरेल संविधानसभा सदस्य रविन कोइरालालगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । डा पाण्डेले यसअघि आधा दर्जन कृति प्रकाशित गरिसक्नुभएको छ । रासस