३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा पाण्डेको ‘भूइँमान्छे’ विमोचन



अ+ अ-

झापा। साहित्यकार डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ नामक कृतिको आज सुखानी सहिद स्मृति पार्कमा विमोचन भएको छ ।

लेखक डा पाण्डेले विसं २०२८ को झापा विद्रोहदेखि २०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित पुस्तक भएको बताउनुभयो ।

उहाँले पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पु¥याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताउनुभयो ।  कृतिको ५२औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उहाँले बताउनुभयो । कृतिको विमोचन तत्कालीन नेकपा मालेका आश्रयदाता टेकबहादुर राई र भक्तबहादुर आलेले गर्नुभएको थियो ।

साङ्ग्रीला प्रकाशन प्रालिको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा झापा विद्रोहका योद्धा नरेश खरेल संविधानसभा सदस्य रविन कोइरालालगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । डा पाण्डेले यसअघि आधा दर्जन कृति प्रकाशित गरिसक्नुभएको छ । रासस