२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

कामपाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको सङ्ख्या उल्लेख्य

कामपाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको सङ्ख्या उल्लेख्य
अ अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षकोे बितेका सात महिनामा ९३ हजार चार सय २३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको छ । यसमध्ये ४४ हजार नौ सय ६८ जनाले बहिरङ सेवा लिए । गएको आर्थिक वर्षभरिमा एक लाख १७ हजार तीन सय ६२ जनालाई स्वास्थ्य सेवा दिइएकामा ४१ हजार सात सय पाँच जनाले बहिरङ सेवा लिनुभएको कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए।

आर्थिक वर्ष २०७९-०८० मा ९४ हजार दुई सय ७१ जनाले स्वास्थ्य सेवा लिनुभएकामा ३० हजार दुई सय २५ जनाले बहिरङ सेवा लिनुभएको थियो । यसरी बितेका तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा कामपाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा देखिन्छ । स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट उपचारात्मक, प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवा हुने गरेको केसीको भनाइ छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रण, सुलभ फार्मेसी सेवा, महानगर एकीकृत एम्बुलेन्स सेवा सञ्चालित छन् ।

विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, स्वास्थ्य नीति निर्माण तथा पैरवी, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क सङ्कलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।

निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र ¥यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् । यस्तै पुनःस्थापनात्मक सेवामा फिजियोथेरापी सेवा सुरू हुने चरणमा छ । विभागले चैत मसान्तभित्र २९ वटा प्रवद्र्धन केन्द्रमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ । वडा नं ४, १५ र २४ मा पूर्वाधार तयारी भइरहेको छ । यी केन्द्रमा आउँदो असार मसान्तभित्र सञ्चालन गर्ने तयारी छ ।

३९ हजार दुई सय १३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप प्रदान गरिएको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार नौ सय ६२ जना बालबालिकालाई खोप दिइएको छ । छ स्थानबाट निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको छ । रासस