२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ अध्यादेश भोलि नै संसदबाट पारित गराउने तयारी, कांग्रेस र एमालेले लगायो ह्वीप



फाईल फोटो
अ+ अ-

काठमाडौं। सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ ।

आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

यो निर्णयसँगै प्रमुख सत्तारुढ नेपाली काग्रेस र नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई अनिवार्य भोलिको बैठकमा उपस्थित् हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो । सहमति पछि सरकारले ५ ओटा अध्यादेश बुधबारको बैठकमा पेश गर्न लागेको हो ।