• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

तीन महिने अभियान: माओवादीले तोक्यो प्रदेश इन्चार्जहरु को कहाँ ?



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियानका लागि प्रदेश इन्चार्जहरु तोकेको छ ।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोक्नुभएको हो ।

कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य रहनुभएको छ ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिनुभएको छ ।