३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको केन्द्रिय समिति बैठक: सरकारमा सहभागी हुने मुख्य एजेण्डा



अ+ अ-

काठमाडौँ । जनमत पार्टीको केन्द्रिय समिति बैठक काठमाडौंमा बसेको छ ।

बिहीवार काठमाडौंमा केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि  कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताउनु भयो । उहाँले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहरु मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ ।’

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताउनु भयो ।