९ श्रावण २०८३, शनिबार
,
Latest
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानमा बालिकालाई जिउँदै भट्टीमा जलाइयो, सामूहिक बलात्कारको आशंका



अ+ अ-

एजेन्सी । भारतको राजस्थानस्थित भीलवाडामा कोइलाको भट्टीमा एक १४ वर्षीय नाबालिगलाई जलाइएको छ । उनीमाथि सामूहिक बलात्कार भएको आशंका गरिएको छ ।

घटना बुधबार राति १० बजे जिल्लाको कोट्री प्रहरी चौकी अन्तर्गतको गाउँको हो । घटनाको जानकारी पाएलगत्तै ४ प्रहरी घटनास्थलमा पुगेका थिए । यस घटनामा ३ अभियुक्तलाई पनि हिरासतमा लिइएको छ ।

बुधबार बिहान ८ बजे कान्छी बहिनी बाख्रा लिएर घरबाट निस्किएको उनका दाजुले बताए । साँझ करिब ३ बजे बाख्रा घर फर्किए तर उनी घर आइनन् । त्यसपछि परिवारका सदस्यले उनको खोजी गर्न थाले । गाउँका सबै आफन्तको घरघर र खेतबारीमा खोजे तर फेला परिनन् ।

राति करिब ८ बजे परिवारका सदस्य र गाउँलेहरूले नाबालकलाई फेरि खोज्न थाले । यसैबीच राति १० बजे गाउँबाहिर कालबेलिसको क्याम्पमा कोइला बनाउने भट्टी जलिरहेको थियो । वर्षाको समयमा यो भट्टी बल्दैन ।

शंका लागेपछि भट्टी नजिक गएर हेरे । हराएको बहिनीको जुत्ता त्यहाँ भेटियो । यससँगै बहिनीले लगाएको चाँदीको ब्रेसलेट र हड्डीका टुक्रा पनि आगोमा फेला परेको छ । गाउँलेहरूले राति नै केही कालबेलियालाई पक्रेका थिए । प्रहरीले उनीहरुलाई स्टेशनमा लगेको छ ।

पक्राउ परेका तीनै जनाले सामूहिक बलात्कार र जलाएको कुरा गरेपछि प्रहरीलाई खबर गरिएको थियो । राति अबेरसम्म ४ वटा प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेका थिए ।

घटनाको गम्भीरता देखेर राति नै फरेन्सिक टोलीलाई घटनास्थलमा बोलाइएको थियो । बिहीबार बिहान फेरि एकपटक सबै अधिकारी र अनुसन्धान टोली घटनास्थलमा पुगेर क्षेत्रको नजिकबाट निरीक्षण गरिरहेका छन् ।