२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने



अ+ अ-

काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ ९एन्फा०ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो । मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ ।

मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ । समूह ‘डी’  भारतको गोकुलम केरला, बङ्गलादेशको बसुन्धरा किंग्स,  माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ । रासस